कार्तिक १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष : समय त्यति अनुकूल छैन । पेटमा समस्या, सन्तान कष्ट हुन सक्छ, सजग रहनु बेस ।

वृष : पूर्वाह्न पैसा प्राप्ति, सफलता, मान–सम्मान तर दिउँसोबाट अपच, दौडधूप हुन सक्छ ।

मिथुन : धन नाश, मन अस्थिर भए पनि दिउँसोदेखि भने मान–सम्मान, उन्नति हुने सम्भावना छ ।

कर्कट : शुरुमा उपहारादि वस्तु प्राप्ति, कार्य सफल तर दिउँसोदेखि भने खर्च, तनाव हुने देखिन्छ ।

सिंह : धन हानि, स्वास्थ्य बाधा भए पनि मध्याह्नबाट भने कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

कन्या : मिष्ठान्न भोजन, पारिवारिक सुख होला । दिउँसोदेखि भने अस्वस्थता नहोला भन्न सकिन्न ।

तुला : तपाईंका लागि दिन उत्तम छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

वृश्चिक : पूर्वाह्न राज्यबाट भय होला । मध्याह्नदेखि भने कार्य सिद्धि, सुख, लाभ हुने सम्भावना छ ।

धनु : समय अनुकूल छैन । रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश हुन सक्छ ।

मकर : दिउँसोसम्म समय शुभ छ । धन लाभ, सम्मान होला तर मध्याह्नबाट अस्वस्थता हुन सक्छ ।

कुम्भ : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।

मीन : कार्य नाश, सन्ताप हुन सक्छ तर मध्याह्नबाट भने द्रव्य लाभ, शत्रु विजयको सम्भावना छ ।

Source : https://newsofnepal.com/2024/10/26/675276/