काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् ।